Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना : संक्रमितको संख्या ३९ हजार ४६०, मृतकको संख्या २ सय २८

नेपालमा कोरोना : संक्रमितको संख्या ३९ हजार ४६०, मृतकको संख्या २ सय २८

कोरोना जित्नेहरुको संख्या २१ हजार ४ सय ९०


काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै देशभर कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना स्वाब परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा १ सय ९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ सय ८८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या २१ हजार ४ सय ९० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७ सय १ जना रहेका छन् । यस्तै, होम आइसोलेशनमा ७ हजार १ सय २१ जना रहेका छन् । आज मात्रै कोरोनाबाट ७ जनाले ज्यान गुमाएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ