Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन, ८४ वर्षे उमेरमा कोरोनाले लियो ज्यान

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन, ८४ वर्षे उमेरमा कोरोनाले लियो ज्यान


काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । सोमबार साँझ नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा उपचारका क्रममा मुखर्चीको निधन भएको छोरा अभिजितले पुष्टि गरेका हुन् ।

अगस्ट १० मा मुखर्जी आफैँले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए । कोरोना संक्रमण पुष्टि भएको २१ दिनमा उनको निधन भएको छ । मुखर्जीको दिमागमा जमेको रगत निकाल्ने क्रममा कोरोन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति थिए । गत वर्ष भारत रत्नबाट सम्मानित भएका उनी राष्ट्रपति हुनुअघि को ५ दशक लामो राजनीतिक जीवनमा वाणिज्य, विदेश, रक्षा र अर्थ मन्त्री बनेका थिए । मुखर्जीले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका बोर्डमा समेत काम गरेका थिए । राजनीतिक जीवनको अधिकांश समय भारतीय कांग्रेसमा बिताएका उनले कांग्रेस पार्टी परित्याग गरेर सन् १९८६ मा अलग्गै पार्टी गठन गरेपनि दुई वर्षपछि कांग्रेसमै फर्केका थिए ।

३७ वर्ष भारतमा सांसद बनेका मुखर्जी राजनीतिक दलहरुबीच सहमति निर्माणमा कुशल मानिन्थे । सन् १९८४ मा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि मुखर्जीले प्रधानमन्त्री हुने प्रयास गरेपनि चाहना पूरा हुन पाएन । मुखर्जी सन् २०१२ मा राष्ट्रपति निर्वाचित भएका थिए । मुखर्जीले २०७३ साल कात्तिक तेस्रो साता नेपालको तीन दिवसीय भ्रमण गरेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ