Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, काठमाडौं उपत्यका उच्च जोखिममा

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, काठमाडौं उपत्यका उच्च जोखिममा


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२४६ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

संक्रमित मध्ये ३१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८१८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ३५ हजार ७०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा थपिए ५७२ संक्रमित
काठमाडौं उपत्यकामा अहिलेसम्मको उच्च रेकर्ड बनाउँदै ५ सय ७२ जना संक्रमित थपिएका छन् । यी मध्ये काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ