Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsशव बुझेर अन्त्यष्टि समेत सकिएपछि कोरोना पोजेटिभ, अस्पतालको लापरवाहीले आफन्तमा त्रासदी

शव बुझेर अन्त्यष्टि समेत सकिएपछि कोरोना पोजेटिभ, अस्पतालको लापरवाहीले आफन्तमा त्रासदी


काठमाडौं/कास्की । फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कास्कीको पोखरा–५ मालेपाटनकी ४५ वर्षीया महिलाका परिवारले शव बुझेर अन्त्यष्टि गरेपछि कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बुधबार गैह्रापाटनको फिस्टेल अस्पताल पुर्याइएको भेन्टिलेटरमा उपचार भइरहेको समयमा शुक्रबार निधन भएको थियो । बिहिबार बिहानै स्वाब लिएर क्षेत्रीय प्रयोगशाला पठाइएपनि रिपोर्ट नआउँदै अस्पताल प्रशासनले शुक्रबारै नै शव परिवारका सदस्यहरुको जिम्मा लगायो । शुक्रबार रामघाटमा सयौँ मलामी गएर अन्तेष्टि गरिएपछि शनिबार खबर आयो, मृतकलाई कोरोना भाइरसको संक्रमण रहेछ भन्ने । यसले परिवारका सदस्य तथा आफन्तमा अहिले सन्त्रास बढेको छ । अस्पतालले लापरवाही गरेको भन्दै परिवारका सदस्यले आक्रोस पोखिरहँदा अस्पताल भने प्रयोगशालाले ढिलो रिपोर्ट पठाउँदा यस्तो भएको दाबी गर्छ ।

फिस्टेलमै नियमित चेकजाँच गराइरहेकी महिलामा किड्नी, मुटु र क्यान्सरको पुरानै रोग भएकाले डाक्टरलाई कोरोनाको शंका नलागेको अस्पताल प्रशासनको जिकिर छ । यता, आफन्त भने रिपोर्ट पर्खिनेबारे सल्लाह गर्दा अस्पतालले नै कोरोनाले मृत्यु नभएको बताएपछि शव बुझेर अन्त्येष्टि गरिएको दाबी गरिरहेका छन् । मृतक महिलाकी आफन्त समेत रहेकी माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी दवाडी अस्पतालले लापरबाही गरेको बताउँछिन । प्रदेश स्वास्थ्य निर्देशनालयले पनि अस्पतालले गम्भीर लापरबाही भएको बताएको छ ।

स्वाब परीक्षणका लागि पठाएपछि नतिजा नआउँदै शव जिम्मा लगाउनुलाई जनस्वास्थ्यविदहरुले समेत लापरबाही भनेका छन् । माहामारीमा गम्भीर विषयलाई अस्पतालले सामान्य रुपमा लिन नहुने भन्दै सरकारले सचेत गराउँदा समेत बारम्बार कमजोरी दोहोरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ