Techie IT
Monday October 26, 2020  |   सोमवार, कार्तिक १०, २०७७
गृहपृष्ठ » Breaking News » नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर

नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर


114 Views

काठमाडौं । लिम्पियाधुरा क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर थपिएसँगै अब नेपालको क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर पुगेको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेको ‘नेपालको भू–भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर निर्धारण गरिएको हो ।

पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर भू–भाग थपिएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को १९ भदौको बैठकले यो पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने स्विकृति दिने निर्णय समेत गरेको छ । यसअघि लिम्पियाधुरा नसमेटिएका कारण नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर थियो ।

क्याटेगोरी : Breaking News, Breaking News, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-