Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली जनसम्पर्क समिति कुईन्सल्याण्डमा नयाँ कार्यसमिति, अस्ट्रेलियाका नेपालीलाई के फाइदा ?

नेपाली जनसम्पर्क समिति कुईन्सल्याण्डमा नयाँ कार्यसमिति, अस्ट्रेलियाका नेपालीलाई के फाइदा ?


ब्रिजवेन । नेपाली जनसम्पर्क समिति कुईन्सल्याण्डको दोस्रो अधिवेसनले बिनोद भक्त आचार्यको अध्यक्षतामा हाललाई ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । ब्रिजवेनमा सम्पन्न भएको अधिवेशनले कार्यसमिति चयन गर्दै कोषाध्यक्ष र तीन सदस्यहरु नयां कार्यसमितिको पहिलो बैठकले रिजनल–दुर्गम कुईन्सल्याण्डबाट मनोनित गर्ने तय गरेको छ ।

गत बुधबारको अधिवेसनबाट हरी डीसी उपाध्यक्ष र सुमन खड्का सर्वसम्मत सचिव तथा सहसचिवका श्याम बस्नेत नियुक्त भएका छन् । सदस्यहरुमा सुनिल बस्नेत, सन्तोष पौडेल र अर्नेस खड्का छानिएका छन् । स्वागत समारोहमा नेपाल सरकारका पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता रेवतीप्रसाद भुषाल प्रमुख अथितीको रुपमा उपस्थित थिए भने नेपाली कांग्रेसकै महाधिवेसन प्रतिनिधि इश्वरी प्रसाद पौडेल बिशिस्ट अतिथिका रुपमा उपस्थित थिए । यस्तै अधिवेशनमा एनआरएनए क्युईन्सल्याण्ड कोअर्डीनेटर उमेश खड्का, एनआरएनए आईसीसी सदस्य सन्तोष कुंवर, पूर्व एनआरएनए क्युईन्सल्याण्ड कोअर्डीनेटर स्वतन्त्र प्रताप शाह सहभागी थिए । कार्यक्रमको दोश्रो चरण बन्दसत्रमा अध्यक्ष अभिमन्यु केसीले राजनीतिक प्रतिबेदन तथा निवर्तमान कोषाध्यक्ष अच्यूत अधिकारीले आर्थीक प्रतिबेदन पेस गर्नुभएको थियो । कुईन्सल्याण्डमा बसोबास गरी प्रजातान्त्रीक बीचारधारा अंगाल्नेहरु द्वारा सन २०१३ देखि स्थापना गरिएको जनसम्पर्क समितिले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नवनियुक्त अध्यक्ष आचार्यले विगतमा जस्तै हरेक तह र क्षेत्रका प्रजातान्त्रीक नेपालीहरुलाई समेट्दै विभिन्न प्रजातान्त्रीक आन्दोलनमा टेवा पुर्याउने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ । अस्ट्रेलियामा पछिल्लो समय नेपालका राजनीतिक दल निकट रहेर सम्पर्क समिति तथा मञ्च गठन गर्ने क्रम ह्वात्तै बढेको छ । अस्ट्रेलियाका कतिपय नेपालीले प्रवासमा रहेर नेपालको दलगत राजनीति गर्नुभन्दा अस्ट्रेलियाको राजनीतिमै प्रवासी नेपालीको सक्रियता भए लाभ मिल्ने बताउने गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ