Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaशैक्षिक परामर्शदाताहरुको ४१ हजार डलर सहयोग, नेपाली विद्यार्थीले कसरी लिने लाभ ?

शैक्षिक परामर्शदाताहरुको ४१ हजार डलर सहयोग, नेपाली विद्यार्थीले कसरी लिने लाभ ?


अस्ट्रेलियन । अस्ट्रेलियामा क्रियाशिल शैक्षिक परामर्शदाताहरुको साझा संस्था एक्काले कोभिड–१९ राहत कोष मार्फत ४१ हजार २ सय ५० डलरको योगदान दिएको छ । अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी र स्थायी भिसा वाहकहरुका लागि सहयोग प्रदान गर्न खडा गरिएको राहत कोषमा एक्का सदस्यहरू, गैर–सदस्य, विभिन्न सेवा प्रदायक संस्था र सहयोगदाता मार्फत संकलित रकम हस्तान्तरण गरेको हो ।

यसबाट कोरोना प्रभावित नेपाली विद्यार्थीले बढी राहत पाएका छन् । नेपाली दूतावास क्यानबेरा, ऋइख्क्ष्म् समर्थन परिचालन समिति, NRNA अष्ट्रेलिया र अष्ट्रेलियाली नेपाली पत्रकार संघ एएनजेएले फण्ड व्यवस्थापनमा सहजिकरण गरेका थिए ।

AECAले संकलन गरेको राहत र वितरणको अवस्था

विश्वका विभिन्न देश जस्तै अष्ट्रेलियामा समेत स्थानीय तथा हजारौं आप्रवासीहरु कोरोना महामारिसँग संघर्ष गरिरहेका कारण समस्यामा परेकाहरुलाई राहत पुर्याउने उद्देश्यले काम गरिरहेको एईसीएले जनाएको छ । एईसीए एक व्यावसायिक संगठन भएता पनि कोरोनाले समस्यामा परेको अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसा वाहकहरुलाई राहत दिलाउन क्रियाशिल देखिएको छ । अस्ट्रेलिया सरकारले बोर्डर बन्द, लकडाउन, र कडा रुपमा स्वास्थ्य मापदण्ड कार्यान्वयको घोषणा गरेर कोरोना रोकथाम तथा समस्यामा परेकाहरुलाई राहत वितरण गर्दै आएको छ ।

नेपाली दूतावास, क्यानबेरा मार्फत कोरोना प्रभावित नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको छ । यसका लागि समस्यामा परेका विद्यार्थी र अस्थायी भिसा बाहकले दूतावासले उपलब्ध गराउने फारम भरेपछि राहतका लागि सहभागिता पाउनेछन् ।यसबाहेक, एईसीएले एनआरएन अष्ट्रेलियालाई १० हजार डलर बराबरको २०० सहयोग बक्स समेत उपलब्ध गराएको छ ।

चरणद्ध लकडाउनको कारण भिक्टोरियामा प्रभावित भएका तीनजना नेपाली विद्यार्थीहरूलाई नेपाल पठाएन टिकट लगायतको सहयोग उपलब्ध गराएको एक्काले ४१ हजार २ सय ५० डलर सहयोग गरेको छ । सहयोग बाहेक पनि AECA फेसबुक पेज मार्फत मानसिक स्वास्थ्य, कोभिड सचेतना र सहयोग आदानप्रदान बारे विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । AECA ले कोरोनाबाट प्रभावित अस्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहयोग गर्न तयार पारिएको कोषमा योगदान दिन सबैमाझ आग्रह समेत गरेको छ । विद्यार्थीहरूलाई तत्काल सहायता र कोरोना महामारीपछिको पुनस्थापनामा समेत आफूले निरन्तर योगदान दिने घोषणा गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ