Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsको हुन् पहिलो पटक कोरोना बिरुद्धको खोप लगाउने भाग्यशाली नेपाली ?

को हुन् पहिलो पटक कोरोना बिरुद्धको खोप लगाउने भाग्यशाली नेपाली ?


काठमाडौं । कोरोना भाइरस बिरुद्धको खोप कहिले बन्ला भन्ने कौतुहलता नेपालीमा मात्रै होइन सिंगो विश्वलाई छ । यतिबेला बिश्वका बिभिन्न देशले खोपको परिक्षण पनि गरिरहेका छन् । बिश्वमा कोरोना भाइरसविरूद्धको खोप बनाउने रसिया पहिलो देश बनेको छ ।

बेलायत, अमेरिका, चीन, भारत लगायतका मुलुक अझै पनि खोप बनाउने होडबाजीमा सक्रिय छन् । उनीहरूले खोप बनाइहाले पनि नेपालीले पाउने कहिले हो कुनै टुंगो छैन् । तर, एक नेपाली भने यस्ता भाग्यशाली भएका छन् जसले संसारमै पहिलो पटक बनेको कोरोनाको खोप लगाउने अवशर पाएका छन् ।

रुसको राजधानी मस्कोमा कार्यरत डाक्टर महेश श्रेष्ठले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन लगाउने अवशर पाउनुभएको हो । मस्कोमा कार्यरत ६१ वर्षीय डाक्टर श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लगाउनुभएको छ । सल्यान पुर्ख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारले गरेको अनलाइन लक्की ड्र मार्फत छानिएको थियो । गैरआवासीय नेपाली संघ एनआरएनए का उपाध्यक्ष डाक्टर बद्री केसीले लक्की ड्र मार्फत् श्रेष्ठले यो अवसर पाउनुभएएको सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो ।

३० हजार जना मध्येबाट छनौट भएका श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ । पहिलो पटक कोरोना बिरुद्धको खोप लगाएपछि अहिले बिश्वमा डा.श्रेष्ठको चर्चा चुलिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ