Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा अनाैठाे नियम, झ्याल खाेलेर कार पार्क गर्दा आयाे जरिवाना

अष्ट्रेलियामा अनाैठाे नियम, झ्याल खाेलेर कार पार्क गर्दा आयाे जरिवाना


अस्ट्रेलिया । सार्वजनिक स्थलमा कार वा कुनै पनि सवारि साधन पार्क गर्दा जरिवाना तिर्नुपर्ने कुरामा सबै सहमत हुन्छन् । तर सिड्नीको दक्षिणी भागमा रहेको एक परिवारले आफ्नै घरमा कार पार्क गर्दा समेत जरिवाना तिर्नुपरेको छ । सिड्नी पुलिसले कारको झ्याल खुला राखेको भन्दै रिचेल अमेलाई ११२ डलर जरिवाना तिराएको हो ।

अमेले घरको दक्षिणतर्फको भागमा कार पार्क गरेका थिए । वास्तवमा, रिचेल अमेका श्रीमान मात्र केही मिटरको दूरीमा थिए । पुलिसले रोक्न खोज्दा उनी अगाडिको यार्डमा रहेको बगैंचामा काम गर्दै थिए । कार नजिकै रहेर घरायसी काम गरेपनि अमेलाई प्रहरीले जरिवानाको रसिद थमायो । अस्ट्रेलिया लगायतका कतिपय देशमा सवारी साधन पार्क गर्दा ढोका खुल्ला राख्दा समेत जरिवानाको व्यवस्था गरिएको छ । तपाईंको कार खुला छोड्दा कोही भित्र पसेर चोरी गर्नसक्ने कारण सवारी धनी र चालकलाई समेत सचेत बनाउन जरिवानाको व्यवस्था गरिएको पाइन्छ ।

एनएसडब्ल्यू रोड नियम २१३, सबसेक्शन ५ अनुसार यदि कुनै ड्राइभर कारबाट तीन मिटरभन्दा बढी भित्र छ र कोही भित्र छैन भने, सबै विन्डोजहरू सुरक्षित हुनुपर्दछ, र सबै ढोका लक हुनुपर्छ भनेको छ ।  सन् २०१९ को एक बर्षमै यहाँ सडक नियममा सामान्य कमजोरीकै कारण एक हजार सवारी चालकले जरिवाना ब्यहोर्नुपरेको छ । एनएसडब्ल्यू पुलिस ट्राफिक र राजमार्ग पेट्रोलबाट आएका प्रमुख इन्स्पेक्टर फिलिप ब्रोक्सले यस क्षेत्रमा अपवाद मात्रै जरिवाना गरिने भएपनि चोरी रोक्न र गाडी चालकहरूलाई सचेत बनाउने कारबाहीलाई निरन्तरता दिएको जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ