Tuesday, 9 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपाल महाेत्सव सिड्नीमा राजतन्त्रकाे गित नियतवस नभएकाे भन्दै आयाेजकले माग्याे माफी । (विज्ञप्ती र भिडियाेसहित)

नेपाल महाेत्सव सिड्नीमा राजतन्त्रकाे गित नियतवस नभएकाे भन्दै आयाेजकले माग्याे माफी । (विज्ञप्ती र भिडियाेसहित)


सरल गुरुङ/सिड्नी

नेपाल महाेत्सव सिड्नीमा गाएकाे एक गित बारे विराेध सुरु भएपछि आयाेजक गैर आवासिय नेपाल संघ अष्ट्रेलिया न्यु साउथ वेल्सले विज्ञप्ती निकालेर सार्वजनिक माफी मागेकाे छ । 
कार्यक्रममा राजतन्त्र बारे सामाग्री समेटिने कुनै तयारी भएकाे तथा कलाकारले पनि कसैकाे भावनामा चाेट पुर्याउने उदेश्य नरहेकाे स्पष्ट पारिएकाे छ । 


कार्यक्रम संयाेजक तथा संघका उपाध्यक्ष नन्द गुरुङले हस्ताक्षर गरेकाे विज्ञप्ती लेखिएकाे छ – ‘कार्यक्रमकाे दाैरानमा भएकाे सांस्कृतिक कार्यक्रममा एक जना कलाकारकाे प्रस्तुती धेरै नेपालीकाे जनभावना विपरित भएकाे जन गुनासाे आएकाेमा हामी दुखी छाै’ ।
विज्ञप्तीमा संघले गर्ने कुनैपनि कार्यक्रम संविधान, नेपाली र नेपाल सरकारकाे भावना विपरित कुनै कार्य हुन नदिने प्रतिवद्धता जनाईएकाे छ ।
नाभेम्बर २४ तारिखमा सिड्नीमा भएकाे नेपाल फेष्टिभलमा गायक समिर आचार्यले ‘हटी हाेईन डटी लड्ने नेपालीकाे बानी’…
जहा राजारानी हुन्छ, त्यहा सिंगाे नेपाल हुन्छ भन्ने गित गाएका थिए ।
नेपाल सरकार अन्तर्गत दर्ता भएकाे संस्थाले गरेकाे कार्यक्रममा परिवर्तनकाे विरुद्ध हुने गरि राजतन्त्रकाे गुनगान गाएकाे भन्दै अष्ट्रेलियाका नेपाली समाजमा बिराेध भएकाे थियाे ।
भिडियाेका लागि यसमा क्लिक गर्नुहाेस् 

https://www.youtube.com/watch?v=eycbVKArXNI&t=1s



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ