Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleप्रयोग भईसकेका पौने ४ लाख थान कण्डम बजार पठाउन खोज्दा

प्रयोग भईसकेका पौने ४ लाख थान कण्डम बजार पठाउन खोज्दा


एजेन्सी/ प्रयोग भइसकेका ३ लाख ४५ हजार थान कण्डम बजारमा पठाउनै लाग्दा बरामद भएको छ ।
प्रयोग भइसकेका कण्डमलाई धोएर पखाली गरि पुन प्याकेटमा राखेर बजारमा पठाउन लागेको अवस्थामा प्रहरीले बरामद गरेको संचारमाध्यमहरुले जनाएको छ । यो समाचार भियतनामको हो । भियतनामको राष्ट्रिय टेलिभिजनबाट प्रशारित फुटेजमा होचि मिन्हा शहर नजिकै रहेको एक वेयर हाउसभित्र भुइभरी नै त्यस्ता कण्डमहरु छरिएको देखिन्छ । समाचारका अनुसार ३ सय ६० किलो बराबरको कण्डम भेटिएको हो ।
वेयरहाउस संचालकले स्थानिय संचारमाध्यमलाई जनाए अनुसार अपरिचित व्यक्तिहरुले हरेक महिला प्रयोग भइसकेका कण्डम संकलन गरि ल्याउने गरेका थिए । ती संचालक अहिले प्रहरी हिरासतमा छन् । टेलिभिजन समाचारका अनुसार हालसम्म त्यस्तै प्रयोग भइसकेका कति कण्डम बजारमा गइसके भन्ने एकिन छैन । वेयर संचालक दाबी गरिएकी उक्त महिलाले प्रतिकिलो कण्डम ०.२४ डलरमा बेच्ने गरेकी थिइन् । यो घटनाबारे स्थानिय प्रहरीले अनुसन्धान तिब्र बनाएको छ । photo- AP/ABC

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ