Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia१० महिने सियोनाको जीवन रक्षाका लागि अस्ट्रेलियास्थित विनर सर्कल मिडियाको ५ लाख सहयोग

१० महिने सियोनाको जीवन रक्षाका लागि अस्ट्रेलियास्थित विनर सर्कल मिडियाको ५ लाख सहयोग


सिड्नी । स्पिनल मस्कुलर अट्रोफी नामक रोगबाट पीडित नवलपरासी रामग्राम २ घर भएका सन्दीप श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठकोे उपचारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले अष्ट्रेलियामा आयोजना गरिएको रन फर सियोनाबाट ६ हजार डलर बढी सहयोग संकलन भएको छ ।

विनर सर्कल मिडियाको आयोजनामा भएको दौडमा मिडियाका सदस्य समिर अर्याल ९ घण्टा दौडिएर संकलन भएको रकममध्ये खर्च कटाएर बचेको ५८८३ डलर अर्थात ५ लाख नेपाली रुपैयाँ स्पिनल मस्कुलर अट्रोफी रोगबाट ग्रसित सियोना श्रेष्ठको परिवारलाई दिनेगरि सोमबार धावक समिरलाई नै हस्तान्तरण गरिदैछ ।

यसरी सम्भव भयो सहयोग संकलन अभियान
विनर सर्कल मिडियाको आयोजनामा भएको दौडमा मिडियाका सदस्य समिर अर्याल ९ घण्टा दौडिएका थिए । रन फर सियोना नाम दिइएको उक्त अभियानमा सियोनाको उपचारको निम्ती अर्थ संकलन गर्ने उद्देश्यले सिड्नीको अवर्न – बोन्डाइ किनार – अवर्न सम्म ९ घण्टा दौडिएका समिरले आर्थिक सहयोगको अपिल गरेका थिए । उनले विहान ९ बजे अवर्नबाट आफ्नो दौडको यात्रा शुरु गर्दा उनीसँगै अन्य संस्थाका पदाधिकारीहरुले अर्थ संकलन गरेका थिए । यो कार्यक्रम सम्ममा ५ हजार डलर रकम संकलन भएको विनर सर्कलका प्रशासकिय अधिकृत रोशन खतिवडाले जानकारी दिनुभयो । दौडमा पिटरसाम, सेन्ट्रल र बोन्डाई बिच गरी तीन चेकपोइन्टमा समिरलाइ आवश्यक खानेकुरा तथा पानीको व्यवस्थाका साथै रकम संकलनको काम गरिएको थियो । “अर्थ संकलनका लागि हामीले फरक तरिकाको विधि अपनायौँ, समिर अर्याल जी दौडिनु भयो, उहाँको लाइभ भिडियो गरेर सामाजिक सञ्जालमा शेयर गरी हामीले सहयोगको आह्वान गयौँ” । खतिवडाले भन्नुभयो ।

आइतवारको दौडको भिडियो मार्फत एक हप्ता सम्म रकम संकलन गर्दा ६ हजार डलर हाराहारिमा सहयोग संकलन भएको थियो । विनर सर्कल मिडियाले रन फर सियोना मार्फत कम्तीमा ५ लाख नेपाली रुपैया संकलन गर्ने लक्ष्य राखेको थियो । दौड शुुरु गर्नु अघि एनआरएनए न्यु साउथ वेल्सका सहसचिब तिर्थराज कार्कीले समिरलार्इ नेपाल झण्डा उपहार दिदै बालिकाको जीवन रक्षाको निम्ती चालेको नया कदम प्रति आभार ब्यक्त गर्नुभएको थियो । समिर एथ्लेटिक खेलाडी समेत हुन् । उनी बक्सिङ्गको पनि तयारी गरिरहेका छन् । ९ घण्टा दौडिदाँ शरीर दुखेर केही असहज भएपनि सानी बालिकाको जीवन रक्षाका लागि भएको सहयोग संकलनबाट समिर हौसिएका छन् । संस्थाका प्रशासकिय अधिकृत खतिवडाले आफुहरुले चालेको यस अभियानमा साथ दिदै तास्मानियामा रहेका विशाल पाण्डेयले आफ्नो पेन्टिङ्ग डोनेट गरेको जानकारी दिनुभयो । उहाँले दिएको पेन्टिङ्ग र दौडिएका समिरले लगाएको टिसर्ट दुवैलाइ लिलामी गरेर पनि रकम उठाइने छ । सहयोग अभियानप्रति सियोनाको परिवारले एक भिडियो सन्देश जारी गर्दै आभार ब्यक्त गरेको थियो ।

सियोनाको उपचार
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस टिचिङ्ग हस्पिटलमा जचाउन लगेको समय सियोनामा स्पिनल मस्कुलर अट्रोफी रोग पहिचान भएको थियो । अमेरिकामा मात्रै उपचार सम्भव हुने उक्त रोगको उपचारकोे निम्ती २१ लाख अमेरिकी डलर अर्थात २४ करोड ६९ लाख नेपाली रुपैयाभन्दा बढी आवश्यक पर्छ । यो उपचारका लागि परिवारको आर्थिक स्थितीले थेग्न नसक्दा विश्वभर रकम संकलन अभियान शुरु गरिएको छ । सियोनाको परिवार अहिले भने केही स्वास्थ्य जाँचका लागि पोल्याण्डमा छ । एक बर्षभित्रमा उनको उपचार शुरु गरेर उनको दुइ बर्ष भित्र उपचार गरिसक्नुपर्ने भएकाले सियोनाको उपचारको निम्ती सहयोग गर्न चाहनेहरुको निम्न खाता नम्बरमा रकम जम्मा गरिदिन सक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ