Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaराष्ट्रपति भण्डारी र अस्ट्रेलियाका राजदूत पिटरबीच शिष्टाचार बिदाइ भेट

राष्ट्रपति भण्डारी र अस्ट्रेलियाका राजदूत पिटरबीच शिष्टाचार बिदाइ भेट


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बुडले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राजदुत बुडले बिदाइ भेट गर्नुभएको हो ।

भेटका क्रममा राष्ट्रपति भण्डारीलृ आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका स्वदेश फर्किन लाग्नुभएका अष्ट्रेलियाली राजदूतलाई बधाई दिँदै भविष्यमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुनेगरि काम गर्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ