Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaशरणार्थी तथा आप्रवासीको अनुभव बाँड्न र अवस्था सुधार्न सर्भेक्षण

शरणार्थी तथा आप्रवासीको अनुभव बाँड्न र अवस्था सुधार्न सर्भेक्षण


सिड्नी । अस्ट्रेलियामा रहेका शरणार्थी तथा आप्रवासी पृष्ठभूमिबाट आएका महिलाहरुका समस्याको पहिचान गर्दै उनीहरुको अवस्थाको सुधारमा सम्बन्धित निकायलाई घच्घच्याउने उद्देश्यले एक सर्वेक्षण कार्यक्रमको आयोजना गरिएको छ । हारमानी एलायन्स तथा मोनास विश्वविद्यालयको माइग्रेसन एण्ड एन्क्लुजन सेन्टरले संयुक्त रुपमा आयोजना गरेको सो सर्वेक्षणको नतिजा आगामी वर्ष सार्वजनिक गरिनेछ ।

आप्रवासी वा शरणार्थी पृष्ठभूमि रहेका १८ वर्षभन्दा माथिका कुनैपनि महिलाले भर्न सक्ने उक्त सर्भेक्षण नेपाली लगायत अरेबिक, भियतनामी, थाई, फरासी, चिनियाँ, कोरिया, पंजावी र अंग्रेजी भाषामा उपलब्ध छ । करिब २० मिनेट समय लाग्ने उक्त सर्भेक्षणमा सहभागीहरुको परिचय गोप्य राखिने जनाइएको छ । मोनास विश्वविद्यालयको माइग्रेन एण्ड इन्क्लुजन सेन्टरकी एसोसिएट प्रोफेसर मारी सेग्रेभले बढीभन्दा बढी महिलाहरुलाई यो सर्वेक्षणमा सहभागी हुनका लागि आह्वान गर्नुभएको छ । प्रोफेसर मारी सेग्रेभले भन्नुभएको छ– ‘नीति निर्माता, सरकार, कल्याणकारी संघ, संस्था र सारा अस्ट्रेलियालाई आफ्ना अनुभवहरु बाँड्ने यो एउटा सुनौलो अवसर हो । यसले आप्रवासी तथा शरणार्थी महिलाका समस्याहरुलाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गराउन सघाउ पुर्याउछ ।’ हारमोनी एलायन्सीको अध्यक्ष मारिया डिमोपोलस एएमले भन्नुभयो– ‘हामीलाई थाहा छ आप्रवासी तथा शरणार्थी महिलाहरुका समस्याहरु आप्रवासन तथा बसाइका दृष्टिकोणले बिल्कुल फरक हुन सक्छन् ।’

यो सर्भेक्षणले तथ्यांक र ज्ञानसम्बन्धी पहुँच, अनुभव र सुधार सम्बन्धी रहेको दुरीलाई हटाउनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ