Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरसियाले उत्पादन गरेको पहिलो कोभिड खोपको साँढे २ करोड ५० लाख डोज नेपाल ल्याइदै

रसियाले उत्पादन गरेको पहिलो कोभिड खोपको साँढे २ करोड ५० लाख डोज नेपाल ल्याइदै


काठमाडौ । विश्वमै पहिलोपटक खोप विकास गरेको दाबी गर्दै आएको रसियाले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप दिने भएको छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सकबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक–५’ नेपाल ल्याउने सम्झौता भएको हो ।

नेपालमा मात्र नभएर एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पुतनिक भी’ को माग गरेको निर्माण पक्षले जनाएको छ । फन्डका प्रमुख कार्यकारी अधिकृत किरिल डिमिट्रेभले ट्रिनिटीसँग सम्झौता भएको र नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने जानकारी दिनुभयो । यसअघि आरडीआईएफले मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन, भारत – १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता गरेको छ ।

रुसको स्वास्थ्य मन्त्रालयमा ११ अगस्टमा विकास भएको यो खोपलाई मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड–१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भनिएको छ । फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष शशिकान्त चौधरीले ट्रिनिनीका बारेमा एसोसियसनलाई केही जानकारी नभएको बताउनुभयो । सम्झौता भएपनि खोपको डोज कहिले नेपाल आइपुग्छ भन्ने एकिन भएको छैन । Photo : Agency



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ