Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएयरलाइन्स कम्पनीका आकर्षक घुमफिर प्योकज, पर्यटन व्यवसायी असन्तुष्ट

एयरलाइन्स कम्पनीका आकर्षक घुमफिर प्योकज, पर्यटन व्यवसायी असन्तुष्ट


काठमाडौं । कोरोना महामारीका कारण करिब ६ महिना घरभित्र थुनिएका नेपालीका लागि एयरलाइन्स कम्पनीहरुले आकर्षक घुमफिर प्याकेज ल्याएका छन् । यसमा यति एअरलाइन्स, बुद्ध एअर र समिट एअर अग्र स्थानमा देखिएका छन् । उडान सेवा दिने कम्पनीहरुले घुमफिर प्याकेज ल्याएको पर्यटन व्यवसायी समेत असन्तुष्ट छन् ।

एअरलाइन्सका सस्तो प्याकेज लामो समयसम्म नटिक्ने र त्यसले मूल्य घटाएर आफूहरुको आम्दानी घट्ने चिन्तामा पर्यटन व्यवसायीहरु छन् । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले भने संयुक्त विज्ञप्ति जारी गर्दै सबै प्रकृतिको व्यवसायले अरुको व्यवसायमा हस्तक्षेप गर्न नहुने बताएका छन् । एयरलाइन्सले १४ हजारमा बेचिरहेको प्याकेज ६ महिनापछि २० हजारमा प्रस्ताव गर्दा उपभोक्ताले विश्वास नगर्ने भन्दै पर्यटन व्यवसायी शसंकित हुँदा नेपाल पर्यटन बोर्डका निर्वतमान प्रमुख कार्यकारी निर्देशक (सीइओ) दीपकराज जोशी प्रतिस्पर्धी मूल्य र प्याकेजमा गुनासो गर्नुभन्दा ग्राहकलाई आफूतर्फ आकर्षित गर्ने अन्य उपायको खोजी गर्नुपर्ने बताउँछन् । यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल पनि समग्र पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने गरी प्याकेज ल्याइएको बताउनुहुन्छ । यतिले डेढ दर्जन गन्तव्यका लागि प्याकेज ल्याएको छ । बुद्धले पोखरा र चितवन तथा समिट एयरले एभरेष्ट ट्रेकका लागि सस्तो प्याकेज घोषणा गरेका छन् ।

एअरलाइन्सका प्याकेज आउनासाथ पर्यटक गन्तव्यहरु भरिभराउ भइहाल्छन् भन्ने हुँदैन । मानिसको चासो, सोधखोज बढ्दा पर्यटन उद्योगलाई नै फाइदा हुने भएकाले एअरलाइन्स कम्पनीहरु जस्तै ट्रेकिङ र ट्राभल व्यवसायीहरु व्यवसाय प्रवर्धनका विभिन्न योजना सहित अघि बढ्नुपर्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ