Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोभिड–१९ को संक्रमण देखिएका अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना (भिडियोसहित)

कोभिड–१९ को संक्रमण देखिएका अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना (भिडियोसहित)


काठमाडौं । कोभिड–१९ को संक्रमण देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै स्वास्थ्यमा समस्या देखिएपछि ट्रमलाई अस्पताल भर्ना गरिएको हो ।

ज्वारो आएपछि वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचारका लागि लगिएको ह्वाइट हाउव श्रोतले जानकारी दिएको छ । संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएकाले होम आइसोलेसनमा बस्नुभएका ट्रम्पमा थकान सहित कोभिड–१९ का हल्का लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

यसअघि शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको थियो । ट्वीट मार्फत नै सँगै कोरोनासँग लड्ने र छिट्टै निको भएर सामान्य जीवनयापनमा फर्किने विश्वास राष्ट्रपति ट्रम्पले गर्नुभएको थियो ।

चुनावी अभियान लगायतमा निकट रहेर काम गर्नुभएका ३१ वर्षीया सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएको थियो ।

अस्पताल जानुअघि ट्रम्पले जारी गरेको भीडियो सन्देष, Video & Photo : Donald J. Trump Facebook

https://www.facebook.com/DonaldTrump/videos/4053067274722609



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ