Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा बढ्दै शहरकेन्द्रित जोखिम, थपिए २१ सय २० कोरोना संक्रमित (विवरणसहित)

नेपालमा बढ्दै शहरकेन्द्रित जोखिम, थपिए २१ सय २० कोरोना संक्रमित (विवरणसहित)


काठमाडौं । पछिल्लो २४ घण्टामा २१२० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा २१ सय २० संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमित थपिएका हुन् । थप ८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ । एकैदिन विभिन्न अस्पतालबाट २ हजार ४४ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ । अहिले देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन् ।

कोरोनाको विवरण :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ