Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट ह्वाइट हाउस फर्किए (भिडियोसहित)

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट ह्वाइट हाउस फर्किए (भिडियोसहित)


एजेन्सी । कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३ दिनपछि डिस्चार्ज हुनुभएको छ । कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना हुनुभएका राष्ट्रपति ट्रम्प पूर्णरूपमा ठीक नहुँदै डिस्चार्ज हुनुभएको हो ।

सोमबार बेलुका मास्क लगाएर ट्रम्प वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिनुभएको थियो । बाहिरिने क्रममा सञ्चारकर्मीले केही प्रश्न सोधेपछि ट्रम्पले सबैलाई धन्यबाद मात्रै भनेर जवाफ फर्काउनु भएन् । बाँकी उपचार ह्वाइट हाउसबाटै हुने चिकित्सकहरूले जनाएका छन् । अस्पतालबाट बिदा भएका ट्रम्प चाँडै चुनावी अभियानमा सामेल हुने तयारीमा हुनुहुन्छ । कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई राष्ट्रपछि ट्रम्पले अनुरोध गर्नुभएको छ ।

ट्वीटमा उहाँले लेख्नुभएको छ, ‘मैले आफूलाई अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’ Photo: ijr.org

भिडियो

https://www.facebook.com/MissionKhabar/videos/665313387753040



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ