Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको संघिय बजेट आज, साना करदातालाई भारी छुट

अष्ट्रेलियाको संघिय बजेट आज, साना करदातालाई भारी छुट


ब्रिजवेन
कोरोना कहरकै बिचमा अक्टोबर ६ तारिख अर्थात आज साझ अष्ट्रेलियाले आफ्नो संघिय बजेट घोषणा गर्दैछ । घोषणा हुनु अघि नै बजेटका विशेषताहरु यसअघि नै सार्वजनिक भइसकेका छन् । आज साझ क्यानवेरामा सरकारका कोषाध्यक्ष जोश फ्राइडेनबर्गले बजेट घोषणा गर्दैछन् ।
कोरोनाका कारण आर्थिक मन्दी खेपिरहेको अष्ट्रेलियाको बजेट मन्दीबाट उकास्नमा जोड दिने बताइएको छ । ३० वर्षमा सबैभन्दा खराब आर्थिक अवस्था खेपिरहेको अष्ट्रेलियाले अर्थतन्त्रलाई उकास्न साना करदातालाई भारी करछुट दिने तयारी गरेको छ । सन् २०२२ बाट करछुट दिने तयारी रहेपनि कोरोनाका कारण अहिले नै करछुट दिन लागिएको बताइएको छ ।
वर्षमा ५० हजार डलर कमाउनेले १ हजार ८० डलर कर छुट पाउनेछन् भने ९० हजार कमाउने १२ सय १५ डलर करछुट पाउने बजेटमा उल्लेख छ । त्यस्तै १ लाख २० हजार वार्षिक आम्दानी गर्नेले २५ सय ६५ डलर करछुट पाउनेछन् । तर, वार्षिक २० हजार डलर भन्दा कम आम्दानी गर्नेले भने कर वापतको पैसा फिर्ता पाउनेछैनन् ।
त्यस्तै यो बजेटले पहिलो घर किन्नेहरुलाई दिने सहायता थप १० हजार जनालाई दिनेगरि विस्तार गर्ने तयारी गरेको छ । जसबाट घरजग्गाको कारोबार वृद्धी भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । बजेटले सिपमुलक क्षेत्रमा प्रयोगात्मक प्रशिक्षण लिन चाहाने १ लाख जनाको लागि ५० प्रतिशत तलब सुविधा दिने गरि १ दशमलव २ बिलियन डलर छुट्याएको छ ।
त्यस्तै सरकारले बजेटमाफर्त ठुला संरचनाहरु सडक र रेलमार्ग द्रुतगतिमा निर्माण गर्नका लागि ७ दशमलब ५ विलियन डलर विनियोजन गरेको छ ।
त्यस्तै उत्पादन क्षेत्रमा सरकारले १ दशमलव ५ विलियन डलर विनियोजन गरेको छ । साना व्यवसायका लागि सरकारले कर ब्रेकको सुविधा पनि दिने भएको छ ।

कर छुट पाइने आम्दानी विवरण यस्ता छन् ।

कर छुट पाइने आम्दानी विवरण यस्ता छन् ।

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ