Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबजेट:अन्तराष्ट्रिय विद्यार्थी तत्काल अष्ट्रेलिया आउन नपाउने, आप्रवासी संख्या पनि घट्यो

बजेट:अन्तराष्ट्रिय विद्यार्थी तत्काल अष्ट्रेलिया आउन नपाउने, आप्रवासी संख्या पनि घट्यो


ब्रिजवेन
अष्ट्रेलियाले ६ महिना ढिला गरि आज संघिय बजेट घोषणा गरेको होे । सरकारको कोषाध्यक्ष जोश फ्राइडेनबर्गले क्यानवेरास्थित संसद भवनमा घोषणा गर्नुभएको बजेटले रोजगार सृजनालाई पहिलो प्राथमिकतामा राखेको छ ।
बजेटले कोरोनाका कारण बन्द अन्तराष्ट्रिय सिमाना तत्काल नखुल्ने संकेत गरेको छ । सन् २०२१ के उत्तरार्धसम्म अन्तराष्ट्रिय विद्यार्थी र आप्रवासीका लागि सिमाना खुल्ने संकेत नदेखिएको हो । कोरानाको खोप बन्ने क्रममै रहेको तथा खोप लगाएपछि पनि यसको प्रभावकारिता बारे एकिन नभइसकेकाले अष्ट्रेलियाले तत्काल सिमान खोल्ने विषय पछि सारेको छ ।
सिमाना बन्द भएकाले यसपाली अष्ट्रेलिया भित्रिने आप्रवासीको संख्या सन् १९४६ पछि कै सबैभन्दा कम देखिएको छ । आप्रवासीको आगामनको संख्या यो आर्थिक वर्ष सन् २०२०-२१ मा ८५ प्रतिशतसम्मले कमि आउने देखिएको छ । सन् २०१८-१९ मा आप्रवासीको संख्या २ लाख ४० हजार थियो । यो वर्ष आप्रवासीको संख्याको ७२ हजार मा सिमित हुने बजेटमा उल्लेख छ । अष्ट्रेलिया आउने र यहि एक वर्ष बसोबास गर्ने तथा फर्कनेहरुको संख्याको भिन्नतालाई त्यस वर्षको कुल आप्रवासी मानिन्छ । कुल आप्रवासीको संख्या घटेपनि पिआरको कोटा भने यसअघि घोषणा भए सरह १ लाख ६० हजार नै रहने बजेटमा उल्लेख छ । यस बजेटले ग्लोबल ट्यालेन्ट अन्तर्गत तीन गुणा धेरै अर्थात १५ हजार मानिसलाई पिआर दिने तयारी गरेको छ । यसअघि यो भिषाको कोटा ५ हजार मात्र थियो |
सिमाना बन्द भएपनि विदेशमा रहेका आफ्ना पार्टनरलाई ल्याउन भने केही खुकुलो गरिने भएको छ । खासगरी रिजनल क्षेत्रमा बसोबास गरिरहेकाहरुले विदेशबाट आफ्नो पार्टनर झिकाउनका लागि सरकारले फ्यामेली स्ट्रिम अन्तरगत प्राथमिकतामा राखेर भिषा जारी गर्ने तयारी गरेको समाचारमा जनाइएको छ । त्यस्तै बजेटले विद्यार्थीसंगै आउने डिपेन्टडेण्टले पनि अग्रेजी परिक्षा पास गर्नुपर्ने नीति लिएको छ । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ