Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा थपिए ४ हजार ३६४ कोरोना संक्रमित, काठमाडौं उपत्यका उच्च जोखिममा

नेपालमा थपिए ४ हजार ३६४ कोरोना संक्रमित, काठमाडौं उपत्यका उच्च जोखिममा


काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित थपिएका छन् । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या नै २६ हजार ६८४ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेहरुको संख्या ७१ हजार ३४३ पुगेको छ ।

थप १२ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ