Techie IT
Thursday October 29, 2020  |   बिहिबार, कार्तिक १३, २०७७
गृहपृष्ठ » Breaking News » नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु, थपिए २०७१ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु, थपिए २०७१ संक्रमित


93 Views

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १,५५२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या ७५ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । आइतबार साँझसम्म संक्रमित मध्ये ३२९ जना आइसीयूमा र ७५ जान भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

शहर र घनावस्तीमा कोरोना संक्रमण तिब्र भएकाले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गर्न गराउन स्वास्थ्य मन्त्रालयले सबैलाई अपिल गरेको छ । चाडपर्वको समयमा हुने ओहोरदोहोरले कोरोना संक्रमण थप विस्तार हुनेतर्फ सचेत गराउँदै सरकारले यथास्थानमा बसेर पर्व मनाउन आह्वान गरेको छ ।

क्याटेगोरी : Breaking News, Health-lifestyle, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-