Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवीरगञ्जको गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद, थप अनुसन्धान हुँदै

वीरगञ्जको गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद, थप अनुसन्धान हुँदै


काठमाडौं, वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेर १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । ६८१ ग्राम बराबरका सुनका गरगहना पनि बरामद भएको छ ।

पर्सा प्रहरी प्रमुख गंगा पन्तले सबै गरेर निलो प्लास्टिकमा पोको पारिएको अवस्थामा २३ किलोभन्दा बढी सुन बरामद भएको जानकारी दिनुभयो । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले ठूलो परिणाममा सुन बरामद गरेको स्थानबाट २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद गरेको छ । सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी राति अपार्टमेन्टमै बसेको थियो । तर नआएपछि स्थानीय भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको थियो ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको जानकारी दिनुभयो । सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ