Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा थपिए ३१६७ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६

नेपालमा थपिए ३१६७ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६


काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा ३ हजार १६७ संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १ हजार ८०० जना डिस्चार्ज भएसँगै ८९ हजार ८४० जनाले कोरोना जितेका छन् । देशभर अहिले ३८ हजार ७३७ संक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये १३ हजार २ सय ९९ जनाको देशका विभिन्न अस्पतालमा र बाँकी २५ हजार ४ सय ३८ जनाको होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ । आईसीयूमा २ सय ९० जना र भेन्टिलेटरमा ६६ जना संक्रमितहरु उपचाररत छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ