Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नको सडकमा महिला र युवतीमाथी यौन दुव्र्यवहार गर्ने पक्राउ

मेलवर्नको सडकमा महिला र युवतीमाथी यौन दुव्र्यवहार गर्ने पक्राउ


भिक्टोरिया । मेलबर्नको सडकमा महिला तथा युवतीमाथी यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई भिक्टोरिया प्रहरीले पक्राउ गरेको छ । मेलबर्न प्रहरी अन्तर्गतको सेक्सुअल अफेन्स एण्ड चाईल्ड एब्युज ईन्भेष्टिगेसन टिमको टोलीले ४० वर्षीय व्यक्तिलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

सडकमा पिछा गरेर एक किशोरी र दुई युवतीलाई पछाडिबाट सम्वेदनशील अंगहरु समाउने तथा जिस्क्याउने व्यवहार गरेको अभियोगमा मेलबर्न सिटीस्थित एक अपर्टमेन्टबाट नीजलाई प्रहरीले पक्राउ गरेको हो । उक्त व्यक्ति उपर प्रहरीले गएको बिहीबारदेखि खोजी तिब्र पारेको थियो । प्रहरीले बयान लिएर आज अदालतमा उपस्थित गराइने बताइएको छ । निजले गत अक्टोबर १५ तारिखका दिन साँझ साढे ५ बजे एक १६ वर्षीय किशोरीलाई मेलबर्न सिटीको विल्स स्ट्रीटमा दुव्र्यवहार गरेका थिए ।

पक्राउ अभियुक्तमाथी किशोरीको नितम्बर गोप्य अंग क्षेत्रमा कपडा बाहिरबाट नै समातेको अभियोग लागेको छ । सोही दिन राति लाट्रोव स्ट्रीटमा किनमेलका लागि निस्किएका २० वर्षीय दुई युवतीलाई पनि पछाडिबाट नितम्बमा समातेको उजुरी प्रहरीकोमा परेको छ । घटना बारे प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको जनाएको छ । Photo : ABC News



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ