Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleबागमती प्रदेशका मुख्यमन्त्री पौडेल र पूर्वमन्त्री बास्कोटालाई कोरोना संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल र पूर्वमन्त्री बास्कोटालाई कोरोना संक्रमण


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र पूर्व मन्त्री समेत रहनुभएका नेकपाका नेता गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री पौडेललेका प्रेस संयोजक प्रकाश दाहालले र पूर्वमन्त्री बास्कोटा स्वयमले ट्वीटर मार्फत कोरोना संक्रमणको पुष्टि गर्नुभएको हो । केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधि अपनाएर मुख्यमन्त्री पौडेलसहित परिवारका सदस्या होम आइसोलेशनमा बसेका थिए । कोरोना परीक्षणका लागि बुधबार स्वाब दिएका पौडेल परिवारको रिपोर्ट बिहिबार आएको थियो । पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण देखिएको छ ।

यस्तै, पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटाले एक ट्वीट गर्दै आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको पुष्टि गर्नुभएको छ । बास्कोटाका दुई छोराको रिपोर्ट भने नेगेटिभ आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ