Techie IT
Thursday March 4, 2021  |   बिहिबार, फाल्गुन २०, २०७७
गृहपृष्ठ » Nepal » बन्चरो प्रहार गरेर छोराले नै गरे आमाको हत्या

बन्चरो प्रहार गरेर छोराले नै गरे आमाको हत्या


264 Views

काठमाडौं, कैलाली । कञ्चनपुरमा बन्चरोले हानेर छोराले आफ्नै आमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ६० वर्षीया आमा पार्वतीको बन्चरोले हानेर हत्या गरेका हुन् ।

शनिबार राति घरायसी विवाद हुँदा छोराले आमालाई बन्चरो प्रहार गरेको र गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारि दिनुभयो । आमाको हत्या गरेका पप्पुलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी कारबाही अघि बढाइएको छ ।

क्याटेगोरी : Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-