Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोभिड–१९ संक्रमणबाट विदेशमा एक जनाको मृत्यु, महामारिकाबीच १ लाख २० हजार स्वदेश फर्किए

कोभिड–१९ संक्रमणबाट विदेशमा एक जनाको मृत्यु, महामारिकाबीच १ लाख २० हजार स्वदेश फर्किए

नेपालमा मात्र एक लाख ५५ हजार २३३ संक्रमित हुँदा ८४२ जनाको मृत्यु


काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जानकारी दिएको हो ।

एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशतले कोरोना जितेका छन् । गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशमा रहेका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भएको एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्मा जानकारी दिनुभएको छ । नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित हुँदा एक लाख आठ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । शनिबार साँझसम्म नेपालमा ८४२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

मास्कको प्रयोग गरौं
एनआरएन स्वास्थ्य समितिले मास्क प्रयोगका कारण संक्रमण वृद्धिदर दरमा निकै कम हुने भएकाले सबैलाई अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ । अमेरिका र युरोपका देशमा गरिएको एक अध्ययनले संक्रमण रोक्ने मुख्य साधन मास्क भएको निष्कर्ष निकालेको दाबी गर्दै एनआरएनए स्वास्थ्य समितिले सार्वजनिकस्थलमा निस्कँदा मानिसलाई सकेसम्म मास्क प्रयोग गर्न, हात धुन, मुख नछुन र नाक नकोट्याउन अनुरोध गरेको हो ।

एक लाखको उद्धार
कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीको उद्धार अझ पनि जारी छ । गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा हालसम्म ३२ देशमा रहेका एक लाख २० हजार ८२९ नेपालीको उद्धार भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ