Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाको हटस्पट बन्दै काठमाडौं, देशभर ३ सय ४३ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

कोरोनाको हटस्पट बन्दै काठमाडौं, देशभर ३ सय ४३ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत


काठमाडौं । कोभिड–१९ को महामारि नेपालमा नियन्त्रण बाहिर पुगेको भन्दै जनस्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । आइतबार साँझसम्म देशभर २७७ जना कोरोना संक्रमितको आईसीयुमा र ६६ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । संक्रमितको संख्यासँगै गम्भिर बिरामीहरुको संख्या समेत घट्न नसक्दा थप जोखिमको आँकलन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश एकमा ३६, प्रदेश २ मा १०, बागमती प्रदेशमा १७६, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ४२, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित आईसीयुमा उपचाररत छन् । यस्तै प्रदेश १ मा १०, प्रदेश २ मा २, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा १ र लुम्बिनी प्रदेशमा ८ जना गरी ६६ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

काठमाडौं उपत्यका कोरोनाको हटस्पट
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय ३५ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार २ सय २५, ललितपुरमा १ सय ४७ र भक्तपुरमा १ सय ६३ जना संक्रमित थपिएसँगै उपत्यकामा मात्रै ६९ हजार ४९८ मा संक्रमण पुष्टि भएको छ । यी मध्ये काठमाडौँमा ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जना रहेका छन् ।

देशभर थपिए २ हजार ८५६ संक्रमित
पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । आइतबार ३ हजार ३ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख १ लाख ११ हजार ६ सय ७० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ पुग्दा ३ हजार ६४ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ४७ पुगेको छ ।

पाँच सय बढी सक्रिय संक्रमित भएका जिल्ला
झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली ।

देशका ७७ जिल्ला मध्ये मुस्ताङमा मात्रै कोरोना संक्रमितको संख्या शून्य रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ