Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाको दोश्रो लहर, स्पेनमा देशव्यापी आपत्काल

कोरोनाको दोश्रो लहर, स्पेनमा देशव्यापी आपत्काल


एजेन्सी । स्पेनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि महामारि नियन्त्रणका लागि देशव्यापी आपत्काल घोषणा गरिएको छ । कोरोना फैलावटको जोखिम कम गर्न रात्रिकोलीन कर्फ्‍यु समेत जारी गरिएको छ ।कोरोना भाइरसको संक्रमणको दोश्रो लहर सुरु भएरफेरि तीव्ररुपमा वृद्धि हुन थालेपछि महामारि नियन्त्रणका लागि यस्तो कदम चालिएको प्रधानमन्त्री पेड्रो सान्चेज्‌ले जानकारी दिनुभएको हो ।

कर्फ्‍यु भने राति ११ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ । कोरोना भाइरसको विश्वव्यापी महामारी देशले सामना गरेको शताब्दीकै सबैभन्दा खराब स्वास्थ्य संकट भन्दै संकटकाल लगाउनु बाध्यात्मक अवस्था भएको प्रधानमन्त्री पेड्रोले बताउनुभएको छ ।  हरेक नागरिकलाई घरभित्रै बस्‍न आह्वान गरिएको छ । स्थानीय अधिकारीहरूले संकटकालीन व्यवस्था अनुसार क्षेत्रहरूबीचको यात्रामा समेत रोक्न लगाउन सक्ने बताएका छन् । अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या १० लाखभन्दा बढी पुग्दा करिब ३५ हजारको मृत्यु भइसकेको छ ।

यो वर्षको सुरुमा महामारीको पहिलो लहरका बेला विश्वमै कडा प्रतिबन्धहरू लगाउने देशहरूमध्ये स्पेन अग्र स्थानमा देखिएको थियो । अन्य युरोपेली देशहरू जस्तै अहिले स्पेनमा महामारीको दोस्रो लहर देखिएको छ । इटलीले समेत कोभिड–१९ को दोश्रो लहर सुरु भएसँगै नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ । श्रोत : बीबीसी



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ