Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयस्तो रह्यो राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको दशै

यस्तो रह्यो राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको दशै


काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । विजयादशमीका दिन घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा साइतको टिका तथा जमरा ग्रहण गरेर मनाइने दशै पर्व पुर्णिमाको दिनसम्म मनाइन्छ ।

यस्तो रह्यो भीभीआईपीहरुको टिका

राष्ट्रपतिको टिका
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा गुरु खेमचन्द्र ढकालबाट नेपाली समय अनुसार १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नुभएको छ । यसपछि राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराकासँगै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई शितल निवासमै टीका लगाइदिनुभएको थियो ।

प्रधानमन्त्रीको टिका
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैँको टीका लगाउनुभएको छ । शीतल निवास पुग्नुभएका प्रधानमन्त्रीलाई राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिनुभएको निजी सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको थियो । प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको हो ।

अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ । राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजा कसैले पनि सर्वसाधारणलाई दशैको टिका लगाइदिएनन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ