Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा पछिल्ल्लो ४८ घण्टामा शुन्य कोरोना संक्रमण । ७ महिनापछि सफलता ।

भिक्टोरियामा पछिल्ल्लो ४८ घण्टामा शुन्य कोरोना संक्रमण । ७ महिनापछि सफलता ।


मेलवर्न/ कोरोनाको दोस्रो लहरबाट प्रताडित अष्ट्रेलियाको भिक्टोरिया राज्य कोरोना नियन्त्रणमा अन्तिम संघर्षमा जुटेको छ । दैनिक हजारौको संख्यामा नया“ संक्रमित थपिएको भिक्टोरियाले कठोर लक डाउनपछि कोरोना नियन्त्रणको नजिक पुगेको छ ।
पछिल्लो ४८ घण्टाको अवधीमा भिक्टोरिया राज्यमा कोरोनाको संक्रमण शुन्यमा झरेको छ । यो सफलता पछिल्लो सात महिनामा पहिलो पटक प्राप्त भएको हो । यसअघि मार्च ५ र ६ तारिखमा भिक्टोरियामा कोरोनाको संक्रमण शुन्यमा झरेको थियो । यो अवधीमा कोरोनाका कारण कसैले ज्यान गुमाउनु परेन । यो सफलतासंगै भिक्टोरियामा १४ दिनको संक्रमण दर ३.६ बाट झरेर २.८ मा पुगेको छ । यो सफलताको पछाडी तिब्र रुपमा गरिएको परिक्षण र कठोर लक डाउन मुख्य कारण रहेको भिक्टोरियाका मुख्यमन्त्री प्रिमियर ड्यानियल एन्ड्रयुसले बताउनुभयो । उहा“ले परिक्षणमा सहभागी सबैलाई धन्यवाद समेत दिनुभयो । सात महिनामा पहिलो पटक कोरोना संक्रमण शुन्यमा झरेपछि खुसियाली साट्न मुख्यमन्त्री एन्ड्रयुजले गोलाकार दुनोट सहितको फोटो सामाजिक संजालमा सेयर गर्नुभएको छ ।

कोरोना संक्रमण शुन्यमा झरेपछि खुसियाली साट्न मुख्यमन्त्री एन्ड्रयुजले गोलाकार दुनोट सहितको फोटो Photo-facebook

यो सफलतासंगै भिक्टोरियामा लक डाउन अझै खुकुलो बनाउने तयारी छ । बुधबारदेखि भिक्टोरियामा लक डाउन थप खुकुलो बनाउन लागिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ