Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleकमेडियन मनोज गजुरेलमा कोरोना संक्रमण, छिट्टै जित्ने दाबी

कमेडियन मनोज गजुरेलमा कोरोना संक्रमण, छिट्टै जित्ने दाबी


काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमित बनेका छन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो ।

यसअघि गजुरेलका दाजुमा कोरोना संक्रमण देखिएको थियो । दाजुलाई अस्पताल लैजाने–ल्याउने गर्नुभएका गजुरेलले गत विहीबारदेखि सामान्य टाउको देख्ने र ज्वरो आउने भएपछि आइतबार पीसीआर टेष्ट गर्नुभएको थियो । आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको बताउनुभएको छ । ‘मलाई अहिले गाह्रो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु,’ उहाँले सामाजिक सन्जालमा लेख्नुभएको छ ।

गजुरेलले कोरोना भाइरस हार्ने र आफूले जित्ने दाबी गर्दै अरुलाई पनि सचेत रहन, पोजेटिभ देखिइहाल्यो भने पनि नआत्तिन र चिकित्सकको सम्पर्कमा रहन सुझाव दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ