Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियन भिसा आवेदनको बायोमेट्रिक्स सेवा सुचारु

अष्ट्रेलियन भिसा आवेदनको बायोमेट्रिक्स सेवा सुचारु


काठमाडौं । अष्ट्रेलियन भिसा आवेदन केन्द्रले बिहीबारबाट बायोमेट्रिक्स सेवा सुचारु गरेको छ । कोरोना महामारिका कारण रोकिएको सेवा पूर्वनिश्चित गरी शुल्क तिरेका व्यक्तिहरुको लागि मात्र खुला गरिएको केन्द्रले जानकारी दिएको हो ।

आफ्नो आधिकारिक साईट भीएफएस ग्लोबलमा सूचना प्रकाशित गर्दै केन्द्रले सेवा रोकिनुअघि नै शुल्क तिरेका व्यक्तिहरुलाई सोमबारदेखि शुक्रबारसम्म विहान ८ बजेदेखि ३ बजेसम्मको समय लिन सकिने जानकारी गराएको छ । कोभिड–१९ ले विश्वभरभर स्वास्थ्य समस्या र महामारिको जोखिम बढाइरहँदा अष्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रीहरुलाई आउन रोक लगाएको छ । अष्ट्रेलियामा रहेका कलेज, विश्वविद्यालयहरुमा पढ्न आउने विद्यार्थी, अष्ट्रेलियामा रहेका नेपाली समूदायका आफन्तजनहरु यसको मारमा परेका छन् । आवेदन दिइसकेकाहरु पनि स्वास्थ्य परीक्षण र बायोमेट्रिक्सको सेवा रोकिँदा मारमा पर्दैरेका छन्।

नेपालबाट अष्ट्रेलिया आउने भिसाका लागि अनलाईनमार्फत आवेदन दिनुपर्ने भिसा आवेदन केन्द्रले जानकारी गराएको छ । यी आवेदनहरु दिल्लीस्थित अष्ट्रेलियन उच्चआयोगले हेर्दैआएको छ । स्वास्थ्य परीक्षण र बायोमेट्रिक्स संकलन भने नेपालमा भीएफएस ग्लोबल मार्फत नै हुने गरेको छ । भीएफएस ग्लोबलले विश्वका १ सय ४४ राष्ट्रमा ३ हजार ४ सय ४० वटा शाखा मार्फत ६४ देशका लागि बायोमेट्रिक्स सेवा सञ्चालन गर्दै आएको छ ।

के हो बायोमेट्रिक्स सेवा, यो भिडियो हेरौँ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ