Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsछुरा प्रहार गरेर काठमाडौंमा एक युवकको हत्या

छुरा प्रहार गरेर काठमाडौंमा एक युवकको हत्या


काठमाडौं । काठमाडौंको धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । तनहुँ घर भइ हाल धापासीमा बस्दै आएका २५ वर्षीय आशिष मगरको छुरा प्रहारबाट हत्या भएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभएको हो ।

मगर वाल पेन्टिङको काम गर्ने युवा रहेको बताइएको छ । हत्या आरोपमा प्रहरीले दिवस अधिकारी, रवि थापा मगरललाई पक्राउ गरेको छ भने अन्य दुई जना फरार आरोपितको प्रहरीले खोजी कार्य जारी राखेको छ । छुरा प्रहारबाट ज्यान गुमाएका मगरको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । पक्राउ परेकासँग सोधपुछ भइरहेको प्रवक्ता राठौरले बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ