Techie IT
Friday March 5, 2021  |   शुक्रबार, फाल्गुन २१, २०७७
गृहपृष्ठ » International » भारतमा सुरुभयो समुन्द्री विमान सेवा, प्रधानमन्त्री मोदीले गरे उद्धाटन

भारतमा सुरुभयो समुन्द्री विमान सेवा, प्रधानमन्त्री मोदीले गरे उद्धाटन


165 Views

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समुद्री विमान सेवाको उद्घाटन गर्नुभएको छ । शनिबार नर्मदा जिल्लामा पर्ने केभाडियाबाट अहमदावादको साबरमतीमा अवतरण गरी प्रधानमन्त्री मोदीले समुद्री विमान सेवाको सुभारम्भ गर्नुभएको हो ।

दुई दिने गुजरात भ्रमणका क्रममा रहेनुभएका प्रधानमन्त्री मोदीले सरदार पटेलको १४५औँ जन्मजयन्तीमा समुद्री विमान सेवाको सुरु गर्नुभएको छ । समुद्री विमान सेवा प्रधानमन्त्री मोदीको ड्रिम प्रोजेक्टका रूपमा व्याख्या गर्ने गरिएको छ । करिब २ सय किमीको यो दुरीमा भारतीय नागरिकले १५ सय रुपयाँमा एकतर्फी उडान यात्रा गर्न पाउनेछन् ।

यो फ्लाइट करिब ४० मिनेटको हुनेछ । समुद्रमाथि अवतरण गर्न सक्ने ट्विनअटर–३०० मोडलको यो विमानमा १५ सिट क्षमता छ । यो विमानले केभाडियादेखि साबरमतीको दुरीमा दैनिक ४ उडान गर्न सक्ने बताइएको छ ।

क्याटेगोरी : International, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-