Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमलेसियाको अध्यागमन विभागबाट श्रम शोषणमा परेको ६ नेपालीको उद्धार

मलेसियाको अध्यागमन विभागबाट श्रम शोषणमा परेको ६ नेपालीको उद्धार


काठमाडौं । मलेसियाको अध्यागमन विभागले रोजगारदाता कम्पनीको श्रम शोषणमा परेका ६ नेपाली सेक्युरिटी गार्डको उद्धार गरेको छ । पीडित नेपालीहरुलाई एटिप्सम र एम्ला पुत्राजाया अध्यागमन मुख्यालय पेटालिङ्गजाया सेलाङ्गरको रोकथाम डिभिजनले एक अभियान सञ्चालन गरि उद्धार गरेको हो ।

गोप्य सूचनाको आधारमा बिभागका प्रहरीहरु पीडित नेपालीहरुलाई बन्धक जस्तै बनाएर राखेको होस्टेल निरीक्षण र चेकजाँच गर्न पुगेका थिए । सोही क्रममा उनीहरुले सूचनामा भनिएजस्तै अवस्थामा ६ नेपालीलाई भेट्टाएका थिए । पीडितहरूका अनुसार ६ महिनादेखि काम र तलब नदिएको पाइएको छ । रोजगारदाता कम्पनीले दैनिक जीवनका लागि कुनै सहयोग नगरेको आरोप पीडितले लगाएका छन् । उनीहरूलाई सुरक्षा दिएर सुरक्षित घरमा राखिएको र कम्पनी मालिकलाई बोलाइएको विभागले जनाएको छ ।

कम्पनी र उद्धार गरिएका नेपालीहरु बारेको सूचना गोप्य राखिएको छ । बिभागका महानिर्देशक दातुक खैरुल दाजामे दौडले मानव बेचबिखनको आरोपमा मानव तस्करी रोकावट तथा ब्यवसाय विरोधी ऐन २००७ को धारा १२ अन्तर्गत अनुसन्धान अघि बढाइएको जानकारी दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ