Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsखोसियो विपन्नको गास, सडकमा खाना खुवाउँदा महानगरलाई लाज !

खोसियो विपन्नको गास, सडकमा खाना खुवाउँदा महानगरलाई लाज !


काठमाडौं । खुलामञ्चमा खाना खुवाउने अभियानमा काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरणमा रोक लगाएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएकोमा तीनदिनदेखी महानगरबाट खटाइएका नगर प्रहरीले अवरोध गरिरहेका छन् । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो । रपनि अभियन्ताहरुले खान खुवाउने कामलाई निरन्तरता दिएपछि सोमबार महानगरपालिकाले पुनः नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको अभियन्ता बद्रीप्रसाद ढुंगानाले जानकारी दिनुभयो । सईको नेतृत्वमा आएको नगर प्रहरीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको अभियन्ताहरुले बताएका छन् ।

हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निष्कर्षसहित खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको जिकिर छ । सार्वजनिकस्थलमा फोहोर भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएको भन्दै महानगरको निष्कर्ष छ । महानगरले कोही भौकै रहने अवस्था देखिएमा मानव सेवा आश्रममा लगेर खुवाउने जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ