Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकिन पक्राउ परे सामाजिक अभियन्ता पुण्य गौतम ? काठमाडौंको सुरक्षा व्यवस्था कडा

किन पक्राउ परे सामाजिक अभियन्ता पुण्य गौतम ? काठमाडौंको सुरक्षा व्यवस्था कडा


काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै युट्यूवमा प्रचार गर्ने अभियन्ता पुण्य गौतम पक्राउ परेका छन् । नेपाली सेनाको निमन्त्रणामा नेपाल आईपुगेका नरवणेलाई कालो झण्डा देखाउने चेतावनी दिएका गौतमलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी श्यामलाल ज्ञवाली नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिरहेका बेला युट्यूवमा भिडियो बनाएर प्रचार गरेका उनलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । नरावणेले आफ्नो नेपाल भ्रमणले दुई देशको सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी ओलीसँग समेत शिष्टाचार भेट गर्नेछन् । नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा तैनाथीसहितको निगरानी बढाइएको छ । नेपाल र भारतका सेना प्रमुखबीच मानार्थ महारथीको सम्मान गर्ने परम्पराले सन् १९५० देखिन निरन्तरता पाउँदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ