Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना संक्रमित हास्यकलाकार मनोज गजुरेलको फोक्सोमा समस्या, आईसीयूमा उपचार हुँदै

कोरोना संक्रमित हास्यकलाकार मनोज गजुरेलको फोक्सोमा समस्या, आईसीयूमा उपचार हुँदै


काठमाडौं । कोरोना संक्रमण देखिएका बरिष्ठ हास्यकलाकार मनोज गजरेलको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा आईसीयूमा राखेर उपचार थालिएको छ । लक्सिजनको लेभल कम भएर बिहिबार अस्पताल लगिएका गजुरेलको फोक्सोमा समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गरिएको हो ।

अस्पताल जानुपूर्व गजुरेलले फेसबुकमा स्टाटस लेखेर आफूलाई पूर्ण सुधार नभएको र र शरीरले फरक फरक प्रतिक्रिया देखाइरहेको जानकारी गराउनुभएको थियो । अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । गजुरेलका निकट हास्यव्यंग्य कवि लक्ष्मण गाम्नाङेले अवस्था धेरै गम्भिर नरहेको जानकारी दिनुभएको छ । चिकित्सकले धेरै ठूलो समस्या होइन तर सामान्य पनि होइन, ठिक हुन्छ भन्दै प्रतिक्रिया दिएका छन् ।

गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । हास्यकलाकार गजुरेलले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराउनुभएको थियो । उनी केही दिनसम्म घरमै आइसोलेसनमा बस्नुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ