Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमनोज गजुरेलसँग किन नजिक हुन चाहान्छिन पूर्वपत्नी मिना ?

मनोज गजुरेलसँग किन नजिक हुन चाहान्छिन पूर्वपत्नी मिना ?

आइसीयूमा उपचाररत गजुरेलको स्वास्थ्यमा सुधार


काठमाडौं । कोरोना भाइरसबाट संक्रमित बनेर उपचाररत वरिष्ठ हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार देखिएको छ । उपचाररत हास्यकलाकार गजुरेल आफैले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’ भन्दै स्वास्थ्यमा सुधार भएको जानकारी गराउनुभएको हो ।

गजुरेलका निकट हास्यव्यंग्य कवि लक्ष्मण गाम्नाङेले पनि गजुरेलको स्वास्थ सुधारोन्मुख रहेको जानकारी दिनुभएको छ । कार्तिक १० गते कोरोना संक्रमण पुष्टि हुनुभएका गजुरेल होम आइसोलेसनमा बसेको समयमा गत बिहिबार अक्सिजनको मात्रा कम देखिएपछि सशस्त्र प्रहरी अस्पताल पुर्याइएको थियो । हाल उनको उपचार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा भइरहेको छ । चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका क्रममा उनको फोक्सोमा पानी जमेको पाइएको थियो ।

यता, सम्बन्ध बिच्छेद गरेर छुट्टै बसेकी गजुरेल पत्नी मिना ढकालले समेत फेसबुकमा भाबुक पोस्ट गर्दै कोरोना संक्रमित भएर उपचाररत गजुरेलको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । टाढा भएपनि लामो समय पत्नीको रुपमा साथ निभाएको पल र तीजमा निराहार ब्रत बसेर दिर्घायुको कामना गरेको स्मरण गर्दै छिट्टै दुई छोराको साथमा फर्किने आशा गर्नुभएको छ ।

केही कुरामा असमझदारी रहेपनि माया र आत्मियता कायमै रहेको दाबी गरेकी मिना के मनोज गजुरेलसँगको बैबाहिक बन्धनमा पुन बाधिन खोजेकी हुन त ? यसबारे सोध्दा उनले केही मनमुटाव र असमझदारी भएपनि समझदारी जुटेमा आत्मियता जोडिने बताउनुभएको छ ।

यस्तो छ, मिना ढकालको फेसबुक पोस्ट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ