Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमहिला हिंसाविरुद्ध युवा आक्रोस, कालो बस्त्रमा प्रदर्शन

महिला हिंसाविरुद्ध युवा आक्रोस, कालो बस्त्रमा प्रदर्शन


काठमाडौं । काठमाडौंको माइतीघरमा शनिबार महिला हिंसाविरुद्ध युवतीहरुले कालो बस्त्रसहित प्रदर्शन गरेका छन् । अझै कति सहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क, आँखामा समेत कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

बलाकारविरुद्धको नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए उनीहरुले बलात्कार रोकथाम बारेको सचेतनात्मक नाटक प्रदर्शन गरेका थिए । नाचगानको शैलीमा समेत बलात्कार र हिंसाको बिरोध गर्दै युवतीहरुले सरकारलाई खबरदारी गरे ।

कोरोनाभाइरस संक्रमणको जोखिमका कारण उनीहरुले सामाजिक दूरी अपनाएर प्रदर्शन गरेका थिए । अभियानले देशव्यापी प्रदर्शनका माध्यमबाट बलात्कारीहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ