Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण, नेतादेखी कलाकारसम्म कन्ट्याक्ट् ट्रेसीङमा

नेपालका चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण, नेतादेखी कलाकारसम्म कन्ट्याक्ट् ट्रेसीङमा


प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष समेत रहनुभएका चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्तर्वार्ताका क्रममा कन्ट्याक्ट् ट्रेसिङमा परेर आज गरिएको परिक्षणबाट कोरोना रिपोर्ट पोजेटिभ आएको पत्रकार धमलाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको हो ।

पछिल्लो केही दिनमा मात्रै धमलाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल,बरिस्ठ नेता द्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेता दिनानाथ शर्मा, नेता लेखनाथ न्यौपाने, गायक प्रमोद खरेलसँग अन्तर्वार्ता लिनुभएको थियोे ।

नेकपाका नेताहरुसँगको भेटवार्ताका कारण प्रधानमन्त्री केपी शर्मा ओली समेत कन्ट्याक्ट् ट्रेसिङमा पर्नुभएको छ । पत्रकार धमला होम आईसोलेसनमा बस्नुभएको छ ।

यस्तो छ फेसबुक स्ट्याटस



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ