Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती

ब्रिजवेनमा मनाइयो महाकवि देवकोटाको जन्मजयन्ती


ब्रिजवेन, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जन्जयन्ती कुइन्सल्याण्डको ब्रिजवेनमा मनाइएको छ । नेपाली कला, संस्कृती तथा साहित्य प्रतिष्ठानले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर देवकोटाको जन्मजयन्ती मनाएको हो ।
कोरोना भाइरसको सुरक्षा सावधानी सहित एक पुस्तकालयको हलमा आयोजना भएको कार्यक्रममा ५ जना स्थानिय साहित्यकारहरुले कविता वाचन समेत गरेका थिए । कोभिडका कारणले ३० जनालाई मात्र निमन्त्रणा गर्न मिल्ने भएकाले धेरै जनाको कविता समावेश गर्न नसकेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा सहभागीहरुले महाकवि देवकोटाको तस्बिरमा माला लगाएर सम्मान व्यक्त गरेका थिए । त्यस्तै सहभागीहरुले महाकविले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको स्मरण समेत गरेका थिए ।

कोरोना भाइरसको सुरक्षा सावधानी सहित आयोजित कार्यक्रम

नेपाली कला संस्कृतिलाई विदेशी भूमिमा पनि निरन्तरता दिने उदेश्यले  १ वर्ष अघि प्रतिष्ठानको स्थापना गरिएको हो । अष्ट्रेलियामा हुर्कदै गरेको दोस्रो पुस्तालाई नेपाली कला संस्कृति बारे सिकाउन पनि प्रतिष्ठानको काम महत्वपूर्ण हुने प्रतिष्ठानका अध्यक्ष बुनु गौतमले बताउनुभयो ।


ट्याग : #brisbane, #laxmi prasad devkota, #nepali
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ