Techie IT
Sat, September 25, 2021  |   शनिबार, अशोज ९, २०७८

Grow your business

गृहपृष्ठ » Breaking News » सामाजिक अभियन्ता गोविन्द केसीलाई कोरोना संक्रमण, टिचिङ अस्पताल भर्ना

सामाजिक अभियन्ता गोविन्द केसीलाई कोरोना संक्रमण, टिचिङ अस्पताल भर्ना


305 Views

काठमाडौं । सामाजिक अभियान्ता डा.गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले बिहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरेका थिए ।

डा.केसीलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कोभिड आइसोलेसनमा भर्ना गरिएको छ । केसीका सहयोगी प्रितम सुवेदीले अहिले केसीको उपचारार्थ महाराजगञ्जस्थित शिक्षण अस्पतालको गणेशमान भवनमा भर्ना गरिएको जानकारी दिनुभयो ।

यसअघि उनका भाइ केशवलाई कोरोना पुष्टि भएको थियो । केशवको पनि हाल सोही अस्पतालमा उपचार भइरहेको छ ।

क्याटेगोरी : Breaking News, Breaking News, Health-lifestyle, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-