Techie IT
Tuesday December 1, 2020  |   मङ्लबार, मंसिर १६, २०७७
गृहपृष्ठ » Entertainment » मिस यूनिभर्स नेपालले घोषणा गर्यो उत्कृष्ट ५० प्रतिस्पर्धी

मिस यूनिभर्स नेपालले घोषणा गर्यो उत्कृष्ट ५० प्रतिस्पर्धी


83 Views

काठमाडौं । मिस यूनिभर्स नेपालले उत्कृष्ट ५० प्रतिस्पर्धीको घोषणा गरेको छ । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालका लागि ५०० भन्दा बढी महिलाको आवेदनबाट उत्कृष्ठ ५० छानिएका हुन् ।

पछिल्लो चरणमा ९७ क्वालिफायरहरुले आवेदन प्रक्रियामा अपलोड गरेको बायो, फोटो र भिडियोको आधारमा उत्कृष्ट ५० को छनौट गरिएको थियो । मिस यूनिभर्स नेपालका विजेताले १० लाख नगद उपहार प्राप्त गर्नुका साथै मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउदैआएका छन् ।

कोरोना महामारीका कारण यो वर्षको प्रतिस्पर्धा भने विगत भन्दा फरक हुनेछ । कसरी प्रतिस्पर्धा गराएर बिजेता छान्ने भन्ने बारेको मोडालिटी अझै सार्वजनिक गरिएको छैन ।

क्याटेगोरी : Entertainment, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-