Techie IT
Thursday November 26, 2020  |   बिहिबार, मंसिर ११, २०७७
गृहपृष्ठ » Breaking News » वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोनामुक्त

वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोनामुक्त


81 Views

काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल ११ दिनको अस्पताल बसाइँ पछि कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । ११ दिनको अस्पताल बसाइ पश्चात कोभिड १९ को सबै रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएर आराम गरिरहेको गजुरेलले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराएका हुन् ।

वरिष्ठ हास्य कलाकार गजुरेलले केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने समेत दाबी गरेका छन् । यही कात्तिक १० गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उनलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत गजुरेलले दिएका छन् ।

क्याटेगोरी : Breaking News, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-