Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकर्मचारी गायव भएपछि करारका तीन कर्मचारीले धानेको डोल्पाको स्वास्थ्य चौकी

कर्मचारी गायव भएपछि करारका तीन कर्मचारीले धानेको डोल्पाको स्वास्थ्य चौकी


डोल्पा । उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी पछिल्लो समय करार कर्मचारीका भरमा चलेको छ । स्वास्थ्यचौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करारका कर्मचारीले स्वास्थ्य चौकी चलाएका हुन् ।

अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हितकुमारी रोकायले स्वाथ्यचौकी धानेका छन् । शे–फोक्सुण्डो गाँउपालिका–८ मा पर्ने उक्त स्वास्थ्य चौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोशित बनेका छन् । स्वास्थ्यचौकीमा कार्यरत अहेब पारस शाही, अहेव चन्द्रदेव यादव र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको स्थानीय तेजेन्द्र गुरुङ्गले जानकारी दिनुभयो । साउनमा घर गएका चन्द्रदेव पनि असोज पहिलो साता आएर दुई हप्ता नबसी घर फर्किएका थिए । स्वास्थ्य चौकीमा हाजिरी रजिष्टर हेर्दा नभेटिएकाले उनीहरुले घरमै हाजिरी लिएको हुनसक्ने आशङ्का गरिएको छ ।

स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म नपुगेपछि बाध्य भएर सञ्चार माध्यमलाई जानकारी गराइएको वडा नम्बर ८ का अध्यक्ष निमा लामाले बताउनुभयो । स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा, सुम्दुवा, ¥याँची, छेक्पा र वडा नं ९ मा पर्ने पुग्मो गाउँका स्थानीयको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ