Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहङकङको नेपाली रेष्टुरेन्टमा आगलागी : ७ को मृत्यु, १३ जना घाइते

हङकङको नेपाली रेष्टुरेन्टमा आगलागी : ७ को मृत्यु, १३ जना घाइते


काठमाडौं । हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ४ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो ।

मृतक मध्ये एकजना बालिका छिन् । मृतकको परिचय अहिलेसम्म नखुलेको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । उक्त आगोलागिको घटनामा परेर अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको जनाइएको छ । क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा आगलागी भएको थियो । साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आगलागी भएको जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन भने हङकङ सरकारले आगलागीको कारण बारे छानविन गर्न आदेश दिएको छ । हङकङ प्रहरीको प्रारम्भीक अनुसन्धानमा उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको छ । आगलागीमा परेर मृत्यु हुने तथा घाइते अधिकांश नेपाली रहेको बताइएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ